नियम २०
कार्यवाहक बढुवा
(१) बढुवाको लागि सम्भाव्य उम्मेदवार भएका र अधिकृत पदमा देहाय बमोजिमको सेवा अवधि पूरा गरेका सेनानीदेखि सहायक रथीसम्मका अधिकृतलाई एक तह माथिको पद रिक्त रहेको अवस्थामा बढुवा समितिको सिफारिसमा आवश्यकता अनुसार नियम १४ बमोजिमको अधिकारीले कार्यवाहक बढुवा गर्न सक्नेछ ः-
बढुवा हुने पद       अधिकृत सेवा अवधि
(क) उपरथी              बीस वर्ष
(ख) सहायक रथी        अठारवर्ष
(ग) महासेनानी          पन्ध्र वर्ष
(घ) प्रमुख सेनानी      एघारवर्ष
(ङ) सेनानी               सातवर्ष
(२) उपनियम (१) बमोजिम बढुवा गर्दा ज्येष्ठतालाई प्राथमिकता दिइनेछ ।
(३) उपनियम (१) बमोजिम कार्यवाहक बढुवा भएका अधिकृतले कार्यवाहक पाएको पदको तलब र दज्र्यानी चिन्ह लगाउन पाउनेछ । तर सो कार्यबाहक अवधि पदावधिमा गणना हुने छैन ।
(४) कार्यवाहक बढुवा हुने अधिकृतले कार्यवाहक अवधिभरको तलब वृद्धी (ग्रेड) पाउने छैन ।